+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

पूर्वराजालाई कारबाही गर्नुपर्ने माग सर्वदलीय बै‍ठकमा उठ्यो

जनवाच
२ हप्ता अगाडी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि फेरि विवादमा तानिएको छ। सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पूर्वराजाविरुद्ध कानुनी कारबाहीको माग उठेको छ।

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा पूर्वराजाको संलग्नता रहेको आरोप लगाउँदै कानुनी प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे। उनका अनुसार पूर्वराजाका गतिविधिहरूले संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीलाई चुनौती दिइरहेको छ।

‘लोकतन्त्रविरोधी गतिविधि अब सह्य हुँदैनन्। संविधान र कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउन दलहरूबीच सहमति आवश्यक छ,’ भट्टराईले बैठकमा भने।

बैठकमा सहभागी अन्य नेताहरूले पनि यस विषयमा गम्भीर छलफल गर्दै कानुनी रूपले अघि बढ्ने संकेत गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ