+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

रविन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन हिरासतमा राख्न अनुमति

जनवाच
२ हप्ता अगाडी

काठमाडौं । तीनकुनेमा शुक्रबार भएको घटनापछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहितका नेता तथा कार्यकर्तालाई प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति पाएको छ।

काठमाडौं जिल्ला अदालतले आइतबार मिश्र, राणा र अन्य ११ जनालाई पाँच दिनसम्म थुनामा राख्न अनुमति दिएको हो। उनीहरूमाथि राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

यस्तै, अन्य ३० जनालाई अपराधीक उपद्रव सम्बन्धी आरोपमा चार दिन हिरासतमा राख्ने आदेश दिइएको छ। अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार कानुन व्यवसायी स्वागत नेपाललाई भने साधारण तारिखमा रिहा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ