+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

संघीय संसदका दुबै सदनका बैठक आज बस्दै , महत्वपूर्ण एजेन्डामा छलफल हुने

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, १७ चैत । चार दिनदेखि स्थगित हुँदै आएको संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ।

प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे जबकि राष्ट्रियसभाको बैठक त्यसको १५ मिनेटपछि, ११:१५ बजे सुरु हुने कार्यक्रम रहेको छ। बैठकमा महत्वपूर्ण विधेयकहरू, राष्ट्रिय समसामयिक विषयहरू तथा अन्य संवैधानिक एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।

बैठक सञ्चालनका लागि सांसदहरूलाई समयमै उपस्थित हुन संसद सचिवालयले अनुरोध गरेको छ। यसअघि विभिन्न कारणले स्थगित हुँदै आएका बैठकहरू आज नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ