+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँ महानगरको क्षतिपूर्तिको पत्र

जनवाच
३ हप्ता अगाडी

काठमाडौं – काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई रु. १ लाख क्षतिपूर्ति तिर्नुपर्ने बिल थमाएको छ।

महानगरपालिकाको पत्र अनुसार, चैत १५ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तीनकुनेमा आयोजित कार्यक्रममा सहभागी जुलुसले सार्वजनिक सम्पत्ति तथा वातावरणलाई क्षति पुर्याएको भन्दै क्षतिपूर्ति माग गरिएको हो।

पत्रमा उल्लेख गरिए अनुसार, कार्यक्रमका क्रममा सडक, सार्वजनिक यातायात तथा सरसफाइ व्यवस्थापन प्रभावित भएको थियो। त्यस क्रममा फोहरमैला व्यवस्थापनको अतिरिक्त खर्च परेको भन्दै महानगरले सो रकम असुल गर्ने निर्णय गरेको हो।

यसअघि पनि काठमाडौँ महानगरपालिकाले विभिन्न आन्दोलन तथा प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भन्दै सम्बन्धित पक्षलाई बिल पठाउने गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ