+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

तीनकुने घटनाका मृतकलाई शहीद घोषणा गर्न राप्रपाको माग

राप्रपाले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न पनि सरकारसँग आग्रह गरेको छ।

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, चैत १६ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न सरकारसँग औपचारिक माग गरेको छ।

शनिबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनामा ज्यान गुमाएका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्नुपर्ने बताएका हुन्।

अध्यक्ष लिङ्देनले तीनकुने घटनाले समाजलाई नै स्तब्ध बनाएको भन्दै मृतकको बलिदानलाई सम्मान गर्दै उनीहरूलाई शहीद घोषणा गर्नुपर्नेमा जोड दिए।

उनले भने, “यो घटना केवल दुई व्यक्तिको मृत्यु मात्र होइन, आम नागरिकको अभिव्यक्तिको हनन पनि हो। सरकार यो घटनालाई गम्भीर रूपमा लिनुपर्छ।”

राप्रपाले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न पनि सरकारसँग आग्रह गरेको छ।

तीनकुने घटनामा ज्यान गुमाएका महर्जन कीर्तिपुर निवासी हुन् भने पत्रकार रजक एभिन्युज टेलिभिजनका फोटोपत्रकार थिए। घटनाको विस्तृत अनुसन्धान जारी रहे पनि यसप्रति सरकारको मौनताले प्रश्न उठाएको भन्दै राप्रपाले कडा प्रतिक्रिया दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ