+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

काठमाडौं तीनकुनेको हिंसात्मक प्रदर्शनमा : ५१ जना पक्राउ, ५३ घाइते

जनवाच
३ हप्ता अगाडी

काठमाडौं – तीनकुनेमा राजावादीहरूले गरेका हिंसात्मक प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार रातिसम्म काठमाडौं जिल्ला प्रहरी परिसरले हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा ५१ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन्। उनका अनुसार गैरकानुनी, अमानवीय र अमर्यादित गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको हो।

यस घटनामा ५३ जना घाइते भएका छन्, जसमा केही सुरक्षाकर्मीसमेत रहेका छन्। शुक्रबार दिनभर तनावपूर्ण बनेको स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ