+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चाको शक्ति प्रदर्शन, सुरक्षा व्यवस्था कडा, ३५ सय प्रहरी परिचालन

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, चैत्र १५ – आज राजधानी काठमाडौंमा दुई फरक विचारधाराका समूहहरूले आ-आफ्नो शक्ति प्रदर्शन गर्न लागेका छन्। राजावादी आन्दोलनले तीनकुनेलाई आफ्नो केन्द्र बनाएको छ भने समाजवादी मोर्चाले भृकुटीमण्डपबाट प्रदर्शन गर्ने तयारी गरेको छ। यी दुई समूहको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

दुई मोर्चाको प्रदर्शन किन? राजावादी समूहको नेतृत्व नवराज सुबेदीको संयुक्त जनआन्दोलन समितिले गरिरहेको छ। व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर तोक्दै काठमाडौंमा व्यापक प्रदर्शनको तयारी गरिएको छ। अर्कोतर्फ, समाजवादी मोर्चा, जसको पहल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन्, तीन स्थानबाट प्रदर्शन गर्ने जनाइएको छ।

सुरक्षाका लागि ३,५०० प्रहरी परिचालन प्रदर्शनलाई नियन्त्रण गर्न उपत्यका प्रहरी कार्यालयले ३,५०० सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ। सुरक्षाको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले लिनेछन् भने प्रदर्शन स्थलमा एसपी अपिल बोहराले जिम्मेवारी सम्हाल्नेछन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ