+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

होलीका लागि करोडौँको रङ आयात, भारत प्रमुख आपूर्तिकर्ता

जनवाच
१ महिना अगाडी

काठमाडौं – नेपालमा होलीलाई रङहरूको पर्वको रूपमा लिइन्छ। पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार मनाइएको होली आज तराईका जिल्लाहरूमा उल्लासपूर्वक मनाइँदैछ। होलीलगायत अन्य चाडपर्वमा अत्यधिक रङको प्रयोग हुने भएकाले नेपालमा करोडौँ रुपैयाँ बराबरको रङ आयात हुने गरेको छ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालले भारत, चीनलगायत सात देशबाट करिब १६ करोड रुपैयाँ बराबरको रङ आयात गरेको छ। सो अवधिमा १३ लाख ३९ हजार ५३ किलो रङ नेपाल भित्रिएको छ।

भारत नेपालका लागि सबैभन्दा ठूलो आपूर्तिकर्ता रहँदै आएको छ। भारतबाट मात्रै १५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको १३ लाख ३८ हजार २९२ किलो रङ आयात भएको छ। चीनबाट भने तुलनात्मक रूपमा कम, १ लाख ५७ हजार रुपैयाँ बराबरको ७६१ किलो रङ भित्रिएको छ।

रङ आपूर्तिमा भारत र चीन मात्र सीमित छैनन्। नेपालले फ्रान्स, अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स (यूएई), मेक्सिको, जर्मनी लगायतका देशहरूबाट पनि रङ आयात गर्छ।

नेपालमा आयात गरिएका अधिकांश रङ होली पर्वमा प्रयोग गरिन्छ। त्यसबाहेक दसैं, तिहार तथा अन्य चाडपर्वका साथै विभिन्न समारोह र औद्योगिक प्रयोजनमा पनि रङको प्रयोग हुने गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ