+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

तराईमाआज उल्लासमय होली मनाइदै : रंग र संस्कृतिको विशेष उत्सव

जनवाच
१ महिना अगाडी

काठमाडौं – आज तराईका विभिन्न जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। रंगहरूको यो पर्व मित्रता, सद्भाव, आत्मीयता र उत्सवको प्रतीकका रूपमा मनाइन्छ। साथीभाइ, आफन्त र समुदायका व्यक्तिहरू एकत्रित भई एक-अर्कालाई रंग दलेर उल्लासपूर्वक होली खेल्ने परम्परा रहेको छ।

नेपालमा होली पर्व पहाडी तथा हिमाली भेगमा एक दिन अगाडि मनाइन्छ भने तराईमा त्यसको भोलिपल्ट विशेष धुमधामका साथ मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनसँगै आउने फागु पर्वले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।

होलीमा प्रयोग गरिने विभिन्न रंगहरूको आफ्नै धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ।

होली पर्वको उत्पत्तिसँग भगवान विष्णुभक्त प्रह्लादको कथा जोडिएको छ। कथाअनुसार, हिरण्यकश्यपले आफ्नो छोरोलाई मार्न अनेक उपाय अपनाए तर असफल भयो। अन्ततः आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाइयो। तर, भगवान विष्णुको कृपाले प्रह्लादलाई केही भएन भने होलिका आफैं जलेर नष्ट भइन्। यही घटनालाई असत्यमाथि सत्यको विजयको प्रतीक मानेर होली पर्व मनाइन्छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ