+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

पीएम कपमा आज दुई रोचक भिडन्त, कस्ले जीत निकाल्ला ?

जनवाच
१ महिना अगाडी

काठमाडौं । जारी पीएम कप क्रिकेट प्रतियोगितामा आज दुई महत्वपूर्ण खेलहरू हुँदैछन्, जसले अंक तालिकामा नयाँ मोड ल्याउने सम्भावना छ ।

पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सिद्धार्थनगर रंगशालामा बिहान ९ बजे सुरु हुने यस खेलमा आर्मी पहिलो जितको आत्मविश्वास बोकेर मैदान उत्रँदै छ भने सुदूरपश्चिम दुई खेलमा एक जित र एक हारको नतिजा सुधार्न चाहन्छ ।

त्यस्तै, अर्को खेलमा कोशी प्रदेश र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन् । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम, तिलोत्तमामा बिहान ८ बजे सुरु हुने यस खेलमा कोशी प्रदेश आफ्नो पहिलो जितको खोजीमा हुनेछ, किनभने उसले अहिलेसम्म दुवै खेल गुमाइसकेको छ । नेपाल पुलिस क्लबले भने पहिलो खेल जितेर राम्रो सुरुवात गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ