+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा: लगानीकर्ताका लागि लाभांशको उपहार

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन २७ – बीमा क्षेत्रमा स्थापित कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आज वार्षिक साधारण सभा आयोजना गर्दैछ। कम्पनीले गत आर्थिक वर्षको वित्तीय प्रगति समीक्षा गर्दै सेयरधनीहरूलाई नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ।

८.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव

साधारण सभामा कम्पनीले आफ्नो मुनाफाबाट सेयरधनीहरूलाई ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। यसका साथै, वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण तथा आर्थिक प्रवाहको समीक्षा गर्दै आगामी योजनाहरूबारे छलफल हुनेछ।

सभामा आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणबारे पनि निर्णय गरिनेछ।

कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ। फागुन १४ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताहरूले मात्र लाभांश प्राप्त गर्ने र सभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ