+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

‘लाज शरणम्’ हेरेर बालेनले गरे धुर्मुसको तारिफ

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताको भूमिकामा रहेका छन्।

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन २७ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कलाकार सिताराम कट्टेल (धुर्मुस)को अभिनय तथा मेहनतको खुलेर प्रशंसा गरेका छन्। बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेपछि धुर्मुसको अभिनय र फिल्मको प्रस्तुतिले आफू प्रभावित भएको बताएका छन्।

बालेनको तारिफ : “लास्टै दामी !”
चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै बालेनले भने, यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो।” उनले धुर्मुसलाई अँगालो हाल्दै थपे, “एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ। यो चलचित्रले त्यही अनुभूति दिलायो।”

बालेनको स्वर समावेश ‘नेपाल हाँसेको’ र्‍याप यस चलचित्रको विशेष आकर्षणमध्ये एक बनेको छ। चलचित्रमा यो गीत नरहेको भए पनि अन्त्यमा क्रेडिटलाइनसँगै गीत बज्छ, जसले दर्शकमाझ चर्चा पाएको छ।

हालसम्म चलचित्रले कति कमाइ गरेको भन्ने आधिकारिक जानकारी सार्वजनिक नभए पनि पहिलो दिन एक करोड १० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको बताइएको छ। कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ मा सिताराम कट्टेल (धुर्मुस) मुख्य भूमिकामा छन्। साथै, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापा लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ