+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

औषधि क्षेत्रमा पहिलो आइपीओ: ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर बिक्री खुला

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन २७ – औषधि उत्पादन क्षेत्रमा पहिलो पटक कुनै कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) जारी गरेको छ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि आफ्नो आइपीओ बिक्री खुला गरेको हो।

६० करोड रुपैयाँ जारी पूँजी रहेको ओम मेगाश्रीले ३० प्रतिशत सेयर सार्वजनिक गर्ने योजना ल्याएको छ। कुल १८ लाख कित्ता साधारण सेयरमध्ये विभिन्न कोटामा बाँडफाँटपछि बाँकी रहेका १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि खुला गरिएको छ।

यसअघि कम्पनीले पहिलो चरणमा १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिएका वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याएको थियो। त्यस्तै, कम्पनीका कर्मचारीका लागि ५४ हजार कित्ता र सामूहिक लगानी कोषलाई ९० हजार कित्ता सेयर वितरण गरिसकेको छ।

सर्वसाधारणले प्रति कित्ता १०० रुपैयाँको दरले आइपीओमा आवेदन दिन सक्नेछन्। औषधि क्षेत्रमा पहिलो पटक सार्वजनिक सेयर निष्कासन भएकाले यो लगानीकर्ताहरूका लागि नयाँ अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ