+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

विराटनगरमा तस्करीको आशंका: मालबाहक ट्रक नियन्त्रणमा

जनवाच
१ महिना अगाडी

काठमाडौँ  फागुन २० । मोरङ प्रहरीले तस्करीको आशंकामा एक मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

सोमबार साँझ साढे ५ बजे विराटनगर महानगरपालिका-१८ स्थित आइसिपी रोडबाट युपी८७ ९१८१ नम्बरको भारतीय ट्रक नियन्त्रणमा लिइएको मोरङ प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिए।

सूचना अनुसार ट्रकमा उल्लेखित बिल बिजकभन्दा बढी मात्रामा सामान रहेको आशंका गरिएको थियो। प्रहरीले जाँच गर्दा ट्रकभित्र इलेक्ट्रोनिक सामग्री, फुड सप्लिमेन्ट, कस्मेटिक, मेडिकल सामानसहित करिब ४५ लाख रुपैयाँ बराबरको मालवस्तु फेला परेको छ।

ट्रकका चालक भारतका मोहम्मद अस्लामलाई नियन्त्रणमा लिई ट्रकसहित राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ