+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण फागुन ८ गते काठमाण्डौमा आयोजना हुन

जनवाच
२ महिना अगाडी

काठमाडौं । नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण यहीँ फागुन ८ गतेदेखि काठमाडौंमा शुरु हुने भएको छ । ८ गतेदेखि शुरु हुने प्रदर्शनी फागुन ११ गतेसम्म चल्ने आयोजनकले जनाएको छ । यो प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् ।

निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय सँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहने आयोजकले जनाएको छ । यस क्षेत्रमा आइरहेका नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ९ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, यस्ता सामग्री उत्पादन कम्पनी, घर घरायसी फिटिङ तथा डेकोरेटका सामग्रीहरु लगायतका कम्पनीहरुको उल्लेखनीय सहभागिता रहने छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्त रुपमा विगत ९ वर्ष देखि आयोजना गर्दै आइरहेको प्रदर्शनी यो वर्ष विशेष हुनेछ । यो प्रदर्शनीमा निर्माण ब्यबसायसँग सम्बन्धित उत्पादनहरु र नविनतम् प्रविधि प्रमुख आकर्शणमा हुने आयोजकले विश्वास लिएका छ । यस प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने समेत आयोजकले जनाएको छ ।

यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टर, विल्डर, इन्टीरीयर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहनेछ । साथै नीजिघर बनाउन चाहने, ब्यापारिक कम्प्लेक्स, ब्याबसायिक भवन बनाउने व्यतिm तथा संस्था सार्थ आम नागरिकको बढी भन्दा बढी सहभागिता रहनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ