+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन मन्त्री भण्डारी

जनवाच
२ महिना अगाडी

काठ्माण्डौँ , उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केहि विषेश परियोजनाहरूको उद्घाटनगरेका छन् ।

आज उहाँले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गरेका हुन् । नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रा.लि. मा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र नविकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । यसले स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा यो एक महत्वपूर्ण कोसेढुंगा सावित हुने बताएका थिए  ।

मन्त्री भण्डारीले सम्बृद्धि स्टिल प्याक्ट्रीको अवलोकन गर्नुभएको छ । उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जना सम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल प्याक्ट्री को अवलोकन गर्नुहुँदै औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल गरे  ।

छलफलका  क्रममा मन्त्री भण्डारीले उद्योग सम्बन्धी नीतिगत सुधार गर्ने प्रतिवघता व्यक्त गर्दै  । उद्योगमैत्री नीति बनाउने बताए  आगामी वजेट उद्योगीको हकहितमा विननियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्  ।

लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ्ग प्लान्टको अवलोकन पनि  गरेकाथिए । उनले स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिदै  उनले भने  नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरेका थिए  ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ