काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आकाशियको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन २२ सय रुपैयाँले बढ्दै एक लाख ६६ हजार ९ सय रुपैयाँ पुगेको हो ।
यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९७५ रुपैयाँ पुगेको छ ।