काठमाडौं । पछिल्लो समय बढ्दो डिजिटल बैंकिङ कारोबारले आर्थिक पारदर्शिता बढाएको छ । तथापि, यसको जोखिम भने उच्च रहेको छ ।
डिजिटल्ली पैसाको कारोबार अंकमा हुने हुँदा यस्तो डिजिटल कारोबारमा सेवाग्राहीको एकाउन्टबाट पैसाको चोरी हुने, एक व्यक्तिको खाता अर्कैले प्रयोग गर्ने जोखिम रहँदारहँदै बैंकको एकाउन्टबाटै सिस्टम ह्याग गरेर पैसा अनेत्र स्थानान्तरण (ट्रान्फर) गर्ने घटनाहरु देखिएका छन् ।
तथापि, डिजिटल कारोबारले आर्थिक कारोबार सेवाग्रही र लाभग्राही दुबैलाई सहज भने बनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो वर्ष डिजिटल बैंकिङ कारोबार गर्नेहरुको संख्या मात्र नभएर कारोबारमा समेत उल्लेखनिय वृद्धि आएको छ ।
आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म २ करोड ३२ लाख १५ हजार मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले २ खर्ब ८२ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । यस्तो कारोबार एकैवर्ष ४१ प्रतिशतबढीले बढेर २०८१ पुस मसान्तमा ३ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा मोबाइल बैंकिङ कारोबार गर्ने सेवाग्राहीहरुको संख्या २ करोड ६३ लाख ३६ हजार पुगेको छ ।
यसैगरी समीक्षा अवधिमा २ करोड ५५ लाख ८० हजार विभिन्न वालेट प्रयोगकर्ताहरुमार्फत ४० अर्ब ५६ करोड रुपैयाँ बराबरको अनलाइन भूक्तानी भएको केन्द्रीय बैंकले जनाएको छ ।
यसैगरी अनलाइन बैंकिङ कारोबारमार्फत १७ अर्ब ५८ करोड ७० लाख रुपैयाँ कारोबार भएकोमा यसै अवधिमा डेबिट तथा क्रेडिट कार्डमार्फत क्रमशः ९१ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र २ अर्ब ४ करोड ६० लाख रुपैयाँ कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।
समीक्षा अवधिमा आरटीजीएसमार्फत सबैभन्दा बढी ६९ हजार २०९ पटक गरी ५३ खर्ब एक अर्ब कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यता अन्तर बोर्डर भूक्तानी साधन (क्रस बोर्डर पेमेन्ट गेटवे) मार्फत पुस मसान्तसम्म ३१ करोड ४० लाख रुपैयाँ भूक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो मंसिर महिनामा यस्तो अन्तरदेशिय भूक्तानी १९ करोड ३० लाख रुपैयाँ भएको थियो ।