काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा नै १९ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १९ सय रुपैयाँले बढ्दै एक लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको हो ।
यस्तै चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढ्दै एक हजार ९३० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।