+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

छ महिनामा ७ खर्ब ६३ अर्बबढी रेमिट्यान्स भित्रियो

जनवाच
२ महिना अगाडी

काठमाडौं । नेपालको रेमिट्यान्स आयातमा आकर्षक वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड रुपियाँ पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२।२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १।१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९।५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्सफर० रु।८३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु।७९९ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या २,३०,४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,६२,६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २,०६,३९० र १,३३,९४० रहेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ