+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिखर इन्स्योरेन्सद्वारा साढे १० प्रतिशत लाभांश घोषणा

जनवाच
२ महिना अगाडी

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्न लागिएको कम्पनीले जनाएको छ । यस वर्ष कुल २७ करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात प्रदान हुनेछ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९५ रुपैयाँ छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ