+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारमा नयाँ

टाटाको न्यू मोडल ‘नेक्सन के३ डट ईभी’ नेपाल भित्रियो, मूल्य कति ?

जनवाच
२ महिना अगाडी

काठमाडौं । टाटा मोटर्सको उत्पादन न्यू नेक्सन के३ नेपाली बजारमा भित्रिएको छ । ९८ किलोवाट मोटसर पावरमा ४५ किलोवाट ब्याट्री प्याकमा आएको के३ टाटा नेक्सनको टप भेरिएन्ट हो ।

टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यसै हप्ता मात्र टाटा नेक्सन के३ डट ईभी नेपाल भित्र्याएको हो । उच्चतम प्रविधिको प्रयोग, सुरक्षा फिचर्स र उत्कृष्ट पर्फमेन्ससहित १९० एमएमको उच्च ग्राउण्ड क्लियरेन्समा उपलब्ध टाटा नेक्सन के३ को आगामी आइतबारदेखि बुकिङ खुला गर्ने कम्पनीले जनाएको छ ।
आकर्षक लुक्स, पावरसहितको उच्च ग्राउण्ड क्लियरेन्स भएको टाटा नेक्सन के३ नेपालको भूगोल र बाटो सुहाउँदो रहेको कम्पनीको दाबी छ ।

सुरक्षा श्रेणीमा उत्कृष्ट र अब्बल नेक्सन ईभीमा ६ एयरब्याग उपलब्ध छ भने पार्किङ सेन्सरहरू सहित ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणालीको साथमा आई–भीब्याक प्रणालीसहित एबीएस ब्रेकिङ सिस्टम, ईबीडी, ईएसपी उपलब्ध छ ।

पर्याप्त इन्टेरिअर स्पेशसहित लग्जरी सिट, उत्कृष्ट इन्फोटेनमेन्ट प्रणाली, ३६० डिग्री थ्रीडी सराउन्ड साउन्ड सिस्टमसहित गाडीमा १२ इन्च चौडा सिनेमेटिक टचस्क्रिन र १० इन्च डिजिटल ककपिट उपलब्ध गराइएको छ । गाडीमा वायरलेस एन्ड्रियोड अटो र एप्पल कारप्लेसहित चार्जिङ सुविधा उपलब्ध छ ।

एक पटकको फूलचार्जमा ३८० किलोमिटरमाथिको रेन्ज प्रदान गर्ने बताइएको नेक्सन के३ डट ईभीमा भी२एल र भी२भी चार्जिङ पोर्टल सुविधामा उपलब्ध गराइएको छ । तथापि, कम्पनीले अहिले यस गाडीको विभिन्न कण्डिसनमा टेस्टड्राइभ ९परिक्षण गुडान० गरिरहेको छ । टाटाको उत्कृष्ट उत्पादन मध्येको एक टाटा नेक्सन के३ डट ईभीको छिट्टै बुकिङ खुला गरिने जनाएको छ ।
नेक्सन के३ को मूल्य कति रहने कम्पनीले हालसम्म सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ