काठमाडौं । सुनरा इलेक्ट्रिक स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता इटालिया मोटरवर्क्स प्रा.लि.ले सुनरा के५ को मिडिया टेस्ट राइड गरेको छ । शुक्रबार ललितपुर स्थिति झम्सिखेलमा आयोजित कार्यक्रममा ४० भन्दा बढी मिडियाकर्मीहरुले सुनरा के५ को परिक्षण टेस्ट राइड गरेका छन् ।
सुनरा के५ उच्च पावर पर्फमेन्सका साथमा विविध प्राविधिक विशेषताहरूले विशेष रहेकोमा थप अफोटेबल प्राइस (बजार मूल्य) का कारण निकै आकर्षक रहेको सहभागि राइडरहरुले प्रतिक्रिया दिएका छन् । मिडिया प्रतिनिधिहरूले स्कुटरको पावर पिकअप, गति, सुविधा र ब्याट्री क्षमताको खुलेर प्रशंसा गरेका छन्।
सुनरा के५ मा ४ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। जसमा ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्रीले उच्च पावर प्रदान गर्दछ । ५–६ घण्टामा नै पूर्ण चार्ज गर्न सकिने स्कुटरले एकपटकको फूल चार्जमा १०० किलोमिटरको रेन्ज दिने बताइएको छ । सुनरा के५ को बजार मूल्य १ लाख ८९ हजार ९ सय रुपियाँ मात्र तोकिएको कम्पनीले जनाएको छ।
इटालिया मोटरवर्क्सले सुनरा के५ सँगै रोबो–एस र ह्वांक मोडलहरू पनि विशेष छुटका साथ बजारमा उपलब्ध गराएको छ। रोबो–एस मोडलमा ३ किलोवाट पावर क्षमताको मोटरमा ७२ भोल्ट २० एमएएचको दुई लिथियम ब्याट्रीमा उपलब्ध छ । जसले १३५ किलोमिटरसम्मको उच्च रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यस स्कुटरको मूल्य ३ लाख ७९ हजार ९ सय रुपियाँ रहेको छ । तथापि, हाल कम्पनीले यस स्कुटरमा ६० हजार नगद छुट दिएको जनाएको छ ।
ह्वांक मोडल डबल वा सिंगल ब्याट्री विकल्पसहित उपलब्ध छ। डबल ब्याट्री संस्करणको मूल्य ३ लाख १७ हजार ९ सय रुपियाँ रहेको छ भने यसमा पनि ५८ हजार रुपियाँ नगद छुट दिइएको कम्पनीले जनाएको छ।
सिंगल ब्याट्रीमा उपलब्ध ह्वांकको मूल्य २ लाख ३६ हजार ९ सय रुपियाँ रहेकोमा यसमा ३७ हजार रुपियाँ नगद छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । १८०० वाट मोटर क्षमतामा उपलब्ध ह्वांकले १३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । स्कुटरलाई ६५ किलोमिटर प्रति घण्टाको स्पीडमा गुडाउन सकिन्छ ।
इटालिया मोटरवर्क्सले गुणस्तरीय इलेक्ट्रिक स्कुटर र बेनेली ब्रान्डका मोटरसाइकलहरू नेपाली बजारमा बिक्री वितरण गर्दैआएको छ । सहज, किफायती, र पर्यावरणमैत्री यातायात समाधान दिने प्रतिबद्धता जनाएको छ।
‘सुनरा स्कुटरहरूले नेपाली उपभोक्ताको आवश्यकता अनुरूप गति, सहजता, र टिकाउपनलाई प्राथमिकता दिँदै आएका छन्। यी मोडलहरूमा उपलब्ध छुटले ग्राहकहरूका लागि यो अवसरलाई अझै आकर्षक बनाएको छ’ कम्पनीको सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरेले भने ।