काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन २३ सय रुपैयाले बढ्दै एक लाख ६२ हजार ८ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ९१५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।