काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म २६ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुनलामा १४.१२ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले २३ करोड ४७ लाख रुपियाँ नाफा कमाएको थियो ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीको यस्तो बीमाशुल्क आर्जन १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ थियो । त्यस्तै, गत आवमा २ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले पुस मसान्तसम्म आइपुग्दा बढेर ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
५ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँ र शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.७१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५२.२३ रुपैयाँ रहेको छ ।