काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा यो १४७.४२ प्रतिशतले बढी हो । गत आवमा लघुवित्तले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, समीक्षा अवधिमा लघुवित्तले ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको तुलनामा यो २२.४७ प्रतिशतले बढी हो । त्यसै गरी सञ्चालन नाफा पनि १४७.३३ प्रतिशतले बढेर १६ करोड ९० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
यस अवधिमा लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी बढेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २२.७८ रुपैयाँ बढेर ३८.२४ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २००.३८ रुपैयाँ रहेको छ ।