+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रुकुममा एनएमबी बैंकको २०२औं शाखा विस्तार

जनवाच
२ महिना अगाडी

काठमाडौं । एनएमबी बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै रुकुमको आठबीसकोटमा नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । आफ्नो २०२औं शाखा कार्यालयको रुपमा बैंकले सोमबार नयाँ कार्यालयको उद्घाटन गरेको हो ।

आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा नयाँ शाखाको उद्घाटन भएको हो ।

नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ । यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

बैंकले आफ्ना सेवा सञ्जाललाई विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउँदै आएको छ । आठबीसकोट शाखाको उद्घाटनले बैंकको सञ्जाललाई अझ बलियो बनाएको बैंकका नायब महाप्रमुख दाहालले बताए । बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम, र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ