+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन लघुवित्तको नाफा ३९५ प्रतिशतले बढ्यो

जनवाच
२ महिना अगाडी

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो मसान्त अर्थात् पुससम्म १ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३९५.६८ प्रतिशतले बढी हो । गत आवमा संस्थाले ५२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा संस्थाले ३ करोड ७२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत आवमा संस्थाले ७५ लाख ११ हजार रुपियाँ सीमित थियो।

त्यस्तै खुद ब्याज आम्दानी पनि ३०.७१ प्रतिशतले बढेर १५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । ३१ करोड ९८ लाख चुक्तापुँजी रहेको संस्थाको जगेडा कोषमा १२ करोड २ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) भने बढेको छ । गत आवमा ३.६९ प्रतिशत रहेको यस्तो एनपिएल अहिले ५.६२ प्रतिशत पुगेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ १ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ