+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको मूल्य एकैदिन तोलामा ९ सय रुपैयाँले घट्यो

जनवाच
२ महिना अगाडी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा ९ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले घट्दै एक लाख ५९ हजार दुई सय रुपैयाँमा झरेको हो ।

यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घट्दै एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ