+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज पनि घट्यो सुनचाँदीको भाउ, घट्यो कतिमा हुँदैछ कारोबार ?

जनवाच
२ महिना अगाडी

काठमाडौं । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तीन सय रुपैयाँले घट्दै एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिन सुन तोलामा दुई सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घट्दै एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलामा १५ रुपैयाँले घट्दै एक हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ