+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कामना सेवा विकास बैंकले ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने

जनवाच
२ महिना अगाडी

काठमाडौं । कामना सेवा विकास बैंकले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता अग्राधिकर शेयर जारी गर्ने भएको छ । कम्पनीले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो ।

अग्राधिकार शेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

बैंकको पूरक पुँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक ९ प्रतिशत लाभांशदर भएको (असञ्चिति) अग्राधिकार शेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन । उक्त शेयरहरु परिपत्र विधिबाट निष्काशन गरिने कम्पनीले जनाइएको छ ।

उक्त निष्काशन सम्बन्धि सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली र निष्काशन तथा बिक्री प्रबन्धककातर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ