+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बीमा प्राधिकरण

बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको उमेदवारी, कसले मार्ला बाजी ?

जनवाच
२ महिना अगाडी

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका निम्ति गठित सिफारिस समितिले गएको पुस २६ गते १५ दिनको अवधि राखेर आवेदन आह्वान गरेको थियो । आवेदन दिने अन्तिम मिति माघ ११ रहेकोमा अन्तिम समय सम्ममा १२ जनाको उमेदवारी परेको समितिले जनाएको हो ।

कमल प्रसाद रेग्मी, डा.देवराज रोका, शरद ओझा, चिरन्जिवी चापागाइ, विष्णु वावु मिश्र, वुद्ध काजी श्रेष्ठले अध्यक्षमा आवेदन दिएका छन् ।
यसैगरी, दामोदर बसौला, डिम प्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोज काजी श्रेष्ठले उमेदवारी दिएको समितिले जनाएको छ ।

यसअघिका अध्यक्ष सूर्य सिलवालबिरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि उनी पदबाट निलम्बनमा परेका थिए । सिलवालको निलम्बनपछि प्राधिकरणको निम्ति अध्यक्षको जिम्मेवारी मदन दाहालले सम्हाल्दै आएका छन् । प्राधिकरणमा राजुरमण न्यौपानेको कार्यकाल सकिएसँगै लामो समयदेखि कार्यकारी निर्देशक पद पनि खाली छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ