+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन तोलामा एक हजार रुपैयाँले बढ्यो, चाँदीको कति ?

जनवाच
२ महिना अगाडी

काठमाडौं। स्थानीय बजारमा शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढ्दै एक लाख ६० हजार ६ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा भारी वृद्धि भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढ्दै १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ