+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

योजना रणनीति

एलडीसी ग्राजुएसन १६औं योजनको मुख्य प्राथमिकतामा

दिगो विकास, संघीयता कार्यान्वयन र स्तरउन्नती खास तीन पक्षमा जोड

जनवाच
२ महिना अगाडी

काठमाडौं । सरकारले १६औं पञ्चवर्षिय योजनामा एलडीसी ग्राजुएसनलाई पहिलो प्राथमिकतामा राखेको छ । कम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरउन्नती हुँदै गरेको मुलुकका लागि आवश्यक विकास निर्माण पूर्वाधार अन्य सूचकहरुको सुधारका लागि १६औं योजनाले विशेष ख्याल गर्ने गरी राष्ट्रिय योजना आयोगले रणनीति तयार गरेको हो ।
राष्ट्रिय योजना आयोगले बिहीबार सरोकारवाला निकाय तथा व्यक्तित्वहरुलाई बोलाएर १६औं योजना कार्यान्वयनको रणनीयित तथा तयारी सार्वजनिक गरेको छ।
आयोगले दिगो विकास लक्ष्य प्राप्ति, स्थानीयकरण (संघीयता कार्यान्वयन) र मुलुकलाई अतिकम विकसित देशबाट विकासिल (एलडीसी ग्राजुएसन) मा लैजाने सम्बन्धमा निकै महत्वकासाथ प्राथमिकता दिएको जनाएको छ ।

‘राष्ट्रिय योजना आयोगले १६औं विकास योजनाको कार्यान्वयन कार्ययोजना तयार गर्दा दिगो विकास लक्ष्यको स्थानीयकरण र अतिकम विकसित देशवाट स्तरोन्नति हुने प्रक्रियालाई प्राथमिकताका साथ समेटेको छ। यी तीनवटा दस्तावेजहरू—१६औं विकास योजना, एसडीजी, र एलडीसी ग्राजुएसन—अलग–अलग रूपमा मात्र कार्यान्वयन हुने होइनन्, यी परस्पर अन्तर्क्रियात्मक छन् र एकअर्कालाई सहयोग गर्ने गरी विकसित गरिएको छ र कार्यान्वयनमा लागिएको छ । यसले योजनाको प्रभावकारीता र दिगोपनामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ’ आयोगद्धारा जारी योजना तयारीमा भनिएको छ ।

१६औं योजनाको डिजाइन् र कार्यान्वयनमा श्रोतको कुशल उपयोग र प्राविधिक कुशलता सुनिश्चित गर्न ध्यान केन्द्रित गरिएको जनाएको छ।
योजनाले संघीय, प्रादेशिक, र स्थानीय सरकारबीचको समन्वयलाई बलियो बनाउँदै योजनाको सफल कार्यान्वयनमा योगदान दिने उद्देश्य राखेको छ। योजना आयोगले दिगो बिकासको लक्ष्यको ‘कसैलाई पनि पछि नछोड्ने’ भन्ने सिद्धान्तको आधारमा योजना तथा कार्यक्रमहरु तयार गरिएको बताइएको छ। खासगरी योजनाले सामाजिक न्याय, समावेशी विकास, र दीगो आर्थिक वृद्धिलाई प्राथमिकता दिइएको छ।

१६औं योजनाले जोड दिएका खास तीनवटा पक्षहरुः

१. तीन तहका सरकारबीचको समन्वय र सहकार्य : तीन तहका सरकार—संघीय, प्रादेशिक, र स्थानीय सरकारबीच सहकार्य र समन्वयलाई प्रभावकारी बनाउँदै योजनाको कार्यान्वयनलाई सहज बनाइनेछ। यसले कार्यान्वयन प्रक्रियामा स्वामित्वको भावना सिर्जना गर्नेछ।

२। योजनाहरूको एकीकरण र अन्तरसम्बन्ध : १६औं योजना, एसडीजी, र एलडीसी ग्राजुएसनका लक्ष्यहरूबीचको अन्तरसम्बन्धलाई स्पष्ट पार्दै, योजनाको समन्वय र कार्यान्वयनलाई व्यवस्थित बनाउने काम भइरहेको छ। योजनाहरूको एकीकरणले दिगो विकासका लक्ष्यहरूलाई साकार पार्न सहयोग गर्नेछ।

३. समानता र न्यायको सुनिश्चिततास् : सामाजिक न्याय र समान विकासलाई सुनिश्चित गर्न सबै वर्ग र समुदायलाई योजनाको फाइदा पुर्‍याउने गरि कार्यक्रमहरू निर्माण र कार्यान्वयन गरिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ