काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।
यो शेयर हाल लघुवित्तकै संस्थापक शेयरधनीले किन्न पाउनेछन् । यद्यपि, शेयर संख्या र सोको मूल्य भने खुलाइएको छैन ।
इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र लुघवित्तको केन्द्रीय कार्यालय बनेपा–१३, काभ्रेपलान्चोकमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।