+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबी क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्कासन गर्ने

जनवाच
३ महिना अगाडी

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ निष्कासन गर्ने भएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्डअन्तर्गत प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याउन लागेको हो ।

कुल निष्कासनको १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवद्र्धक एनएमबि बैंक र १ प्रतिशत अर्थात् १२ लाख इकाइ योजना व्यवस्थापक कम्पनी एनएमबि  क्यापिटलका लागि छुट्याइनेछ ।

बाँकी १० करोड २० लाख इकाइ सर्वसाधरणलाई बिक्री गरिने क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ योजनाको इकाइका लागि माघ २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा फागुन ८ गतेसम्मका लागि समय थप हुनेछ । इकाइधनीले न्यूनतम १०० इकाइ र अधिकतम १ करोड २० लाख इकाइका लागि आवेदन दिन पाउनेछन् ।

यो १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो ।​ फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमिब क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रवर्द्धकमा एनएमबि बैंक रहेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि सजिलै आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ