+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी ठगी

जीबी राईको राहदानी रद्द गर्न अदालतको अनुमति

जनवाच
३ महिना अगाडी

काठमाडौं । सहकारी ठगी मुद्दामा फरार रहेका गिजेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । कास्की अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राईको राहदानी रद्द गर्न आदेश दिएको हो ।

कास्की अदालतका स्रेस्तेदार राजन खनालका अनुसार राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको छ । सहकारी ठगीका मुख्य अभियुक्त राईविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको समेत मुद्दा लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत् जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ