+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा बैंकको ४९ हजार कित्ता शेयर बिक्रीमा

जनवाच
३ महिना अगाडी

काठमाडौं । सानिमा बैंक लिमिटेडले सर्वसाधारणले समेत किन्न पाउने गरी ४९ हजार ५० कित्ता शेयर बिक्रीमा राखेको छ । शेयरको न्यूनतम मूल्य भने प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।

यो शेयर संस्थापक शेयरधनीलगायत जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिसकेको छ ।

इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित आफूले खरिद गर्ने शेयरको मूल्यसमेत खुलाई १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ