+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पेट्रोलियम पदार्थको मूल्य लिटरमा नै ३ रुपैयाँले बढ्यो

जनवाच
३ महिना अगाडी

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । बिहीबार राति १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य ३ रुपैयाँले बढाएको हो ।

जनवरी १५ मा इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर २.२४ रुपैयाँ र डिजेल र मट्टितेलमा ३.५५ रुपैयाँले बढेर आएको निगमले जनाएको छ।

स्वचालित मूल्य प्रणाली अनुसार निगम सञ्चालक समितिको बैठक बसेर मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखेको निगमले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ