+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आयाल निगम

सिनामंगल हवाई इन्धन डिपो २०८४ सम्ममा स्थानान्तरण भइसक्ने, पोर्जेट डीपीआर सम्झौतामा हस्ताक्षर

जनवाच
५ महिना अगाडी

काठमाडौं। नेपाल आयल निगमको सिनामंगल स्थित हवाई इन्धन डिपो स्थानान्तर (सार्ने) गर्ने भएको छ । हवाई सुरक्षा जोखिम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र विस्तारका कारण विमानस्थल परिसरभित्रै रहेको इन्धन डिपो २०८४ मङ्सिरभित्र स्थानान्तरण गरिने भएको हो ।

हालको सिनामंगलको डिपोलाई गौरीघाट स्थीत नेपाली सेनाको गल्फ कोर्टतर्फको क्षेत्रमा स्थान्तरण गरिने आयाल निगमले जनाएको छ । नेपाल नागरिक उड्यान प्राधिकरणको ५० रोपनी जग्गामा उक्त डिपो स्थान्तरण गर्न लागिएको हो । अहिलेको डिपोको क्षमता कम भएको, उड्यान सुरक्षा खतरा रहेको र विमानस्थलको क्षेत्र विस्तार गर्नु परेकाले डिपो स्थानान्तरण गर्नु परेको निमगमा सिनामंगल हवाई इन्धन डिपो प्रमुख ई.प्रदिप कुमार यादवले बताए ।

बुधबार एक कार्यक्रमकाबीच निगमले प्रस्तावित डिपोका लागि परियोजना अध्ययन (डीपीआर) का लागि सम्भौता गरेको छ । निगमले त्रिभूवन विश्व विद्यालय (टीयू) अन्तर्गतको पुल्चोक इन्जिनियरिङ संस्थानसँग डीपीआर सम्झौता गरेको छ । सम्झौतामा सिनामंगल डिपोका प्रमुख यादव र संस्थानका सुरज लामिछानेले हस्ताक्षर गरेका छन् ।

डीपीआरका लागि कूल १ करोड ९८ लाख रुपैयाँमा सम्झौता भएको छ । संस्थानले तीन महिनाभित्र प्रस्तावित परियोजनाको डीपीआर बुझाउने बताएको छ । यस लगत्तै निगमले सार्वजनिक खरिद ऐन अनुसार डिपो निर्माणको टेन्डर गर्ने प्रमुख यादवले बताए । करिब ६ अर्ब रुपैयाँमा बन्ने डिपो आगामी २०८४ मंसिर मसान्तसम्म सम्पन्न गरिसक्ने यावदले दाबी गरे ।

नयाँ डिपोमा तीन हजार किलोलिटर इन्धन क्षमताका ५ वटा ट्यांकीसहित १५ हजार किलोलिटरको हुने पनि उनले बताए । हाल सिनामंगल स्थित निगमको डिपोमा ७ हजार ६४५ किलोलिटर हवाई इन्धन क्षमताको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ