+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

हिमालयन लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक सभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश पारित

जनवाच
२३ घण्टा अगाडी

 काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ। सभाले कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८०/८१ को संञ्चित मुनाफाबाट चुक्ता पूँजी रु ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ को ८ प्रतिशतअनुसार करसहित रु ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ को नगद लाभांश वितरण गर्न स्वीकृति दिएको हो।

सभामा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसमेत पारित गरिएको थियो। यस्तै, कम्पनीको सहायक संस्था हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आर्थिक विवरणलाई पनि स्वीकृति दिइएको छ।

सभा अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको रुपमा एस.सी. लाल एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरिएको छ। साथै, कम्पनी ऐनको दफा १०५ को उपधारा (१)(ग) अनुसार अघिल्लो आर्थिक वर्षमा भएका खर्चहरूको समेत अनुमोदन गरिएको छ।

कार्यक्रममा अध्यक्ष शुलभ अग्रवालको अध्यक्षतामा सभा सञ्चालन भएको थियो। सभामा संचालक प्रमिला केसीले स्वागत मन्तव्य दिदा संचालक सौरभ दुगडले धन्यवाद ज्ञापन गरेका थिए। प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले शेयरधनीहरूका जिज्ञासाको जवाफ दिदै कम्पनीको आगामी योजना र लगानीकर्तामैत्री नीति प्रस्तुत गरेका थिए।

हिमालयन लाइफले विगतदेखि नै पारदर्शी र उत्तरदायी कम्पनीको पहिचान बनाउदै आएको र भविष्यमासमेत स्थायित्वपूर्ण लाभांश वितरण, सेवामा नवप्रवर्तन र ग्राहक सन्तुष्टि बढाउनेतर्फ प्रतिबद्ध रहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ