+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समचार

धादिङमा त्रिशूली नदीमा हाम फालिन् ५६ वर्षीया महिला, खोजी कार्य जारी

जनवाच
१ दिन अगाडी

११ असार, काठमाडौं – धादिङको गल्छी गाउँपालिका–१ स्थित त्रिशूली नदीमा एक महिलाले हाम फालेपछि उद्धार कार्य तीव्र पारिएको छ।

बुधबार बिहान करिब ९ बजे ५६ वर्षीया साइली गिरीले छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन्। घटनापछि तत्कालै खोजी कार्य प्रारम्भ गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।

घटनास्थलको संवेदनशीलता र जोखिमका कारण विपद् व्यवस्थापनमा विशेष तालिम प्राप्त सशस्त्र प्रहरी टोली खटाइएको छ। आदमघाटस्थित विपद् व्यवस्थापन बेसबाट नायब निरीक्षक वीरेन्द्रकुमार मण्डलको नेतृत्वमा टोली परिचालन गरिएको थापाले बताए।

हालसम्म महिलाको अवस्था बारे स्पष्ट जानकारी नआए पनि खोजी कार्य निरन्तर रूपमा जारी राखिएको छ। घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ