+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

कर थोपार्ने उपभोक्ता मारमा पार्ने, टाउको दुख्दा पेटको औषधि: सांसद श्रेष्ठ

जनवाच
९ घण्टा अगाडी

९ असार, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कर नीतिमा देखिएको एकपक्षीयता र सतही समाधानको प्रवृत्तिप्रति गहिरो आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफलबिना अघि बढाइएको भन्दै आक्रोश व्यक्त गरे । उनले आर्थिक नीतिहरूमा व्यापक बहसको खाचो औंल्याउदै, कर वृद्धि मात्र गरेर समस्या समाधान खोज्ने प्रवृत्तिलाई ‘टाउको दुख्दा पेटको औषधि खुवाउने जस्तो’ भन्दै कटाक्ष गरे ।

श्रेष्ठले सरकारको नीति करमार्फत मात्रै राजस्व उठाउने र अर्थतन्त्र चलाउने दिशामा उन्मुख देखिएको टिप्पणी गरे । हामी जे समस्या आयो कर थोपर्छौं, उनले भने,  यसले दैनिक उपभोक्ता नै मारमा पर्छ, यो दीर्घकालीन समाधान होइन ।

श्रेष्ठले अवैध सम्पत्तिको सवालमा कर मात्र होइन, प्रणालीको नै सुधार गर्नुपर्ने धारणा राखे । ग्रे लिस्ट र ब्ल्याक लिस्टमा नेपाल जादै गरेको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘कालो धन नियन्त्रण गर्न संरचनागत सुधार जरुरी छ, औपचारिकताको अभाव समाधान नगरी कर उठाएर अर्थतन्त्र सुधार हुदैन ।

सांसद श्रेष्ठले सुनलाई करको माध्यमबाट मात्रै नहेर्न सरकारलाई सुझाव दिए । उनले सुन नेपालका लागि केवल विलासिता होइन, अर्थतन्त्रको स्थिरता दिने घरेलु निक्षेपको माध्यम रहेको बताए । गृहिणीदेखि लिएर सामान्य नागरिकसम्मको भरोसाको विषय हो सुन, उनले भने, अनौपचारिक अर्थतन्त्रलाई यसले टिकाइराखेको तर्फ ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ