काठमाडौं, ९ असार- सप्ताहको दोस्रो दिन सोमबार नेपाली सुन बजारमा स्थिरता देखिएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आइतबारको मूल्यमै कारोबार भइरहेको छ। महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन आइतबार पनि यही मूल्यमा सुन किनबेच भएको थियो। तर, चाँदीको मूल्य भने केही बढेको छ। आइतबार तोलामा २ हजार १ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार २ हजार १ सय ७० रुपैयाँ पुगेको छ। यो १० रुपैयाँको वृद्धि हो।