+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नेप्सेमा सुधारको संकेत बजार ४ अंक बढ्यो, २ जलविद्युत् कम्पनीमा सकारात्मक सर्किट

जनवाच
८ घण्टा अगाडी

९ असार, काठमाडौं – लगातार तीन दिनको गिरावटपछि सोमबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकले केही हदसम्म सुधार देखाएको छ । बजार चाप र लगानीकर्ताको सतर्कताबीच नेप्से परिसूचक ४.७८ अंकले बढ्दै २६००.७६ अंकमा पुग्दा सेन्सेटिभ इन्डेक्स पनि उकालो लाग्यो ।

तर सुधार देखिए पनि कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ । आइतबार भएको ९ अर्ब १४ करोड बराबरको कारोबारको तुलनामा सोमबारको कारोबार जम्मा ६ अर्ब ४७ करोडमा सीमित भयो । कारोबार घट्नुले लगानीकर्ताको जोशमा कमी आएको संकेत गरे पनि सूचकमा भएको वृद्धिले बजारमा स्थिरता आउदै गएको देखाउछ ।

सोमबारको बजार सुधारमा जोशी हाइड्रो र पञ्चकन्या माई हाइड्रो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले भएको वृद्धिको ठूलो भूमिका रह्यो । उता, गुँरास लघुवित्तको सेयर मूल्य भने १० प्रतिशतले घट्यो, जसले सूचकमा केही दबाब थप्यो ।

बैंक तथा फाइनान्स समूहमा देखिएको सुधारले समग्र नेप्सेमा सकारात्मक प्रभाव पार्‍यो । बैंकिङ समूह २.०६ अंक, फाइनान्स १७.०६ अंक र व्यापार समूह ९०.५१ अंकले बढ्दा, जलविद्युत् र होटल समूहले पनि उकालो लिने संकेत दिएका छन् ।

कुल १२ वटा समूहगत सूचकहरूमध्ये ७ वटा समूहमा वृद्धि भएको भए पनि विकास बैंक (-५.१९), जीवन बीमा (-४९.६२) र उत्पादनमूलक समूह (-४३.५४) जस्ता क्षेत्रले भने बजारलाई दबाबमा राखे । बीमा क्षेत्रको कमजोरीले दीर्घकालीन लगानीकर्ताको मनोबल कमजोर पार्न सक्ने संकेत देखिएको छ ।

सोमबार ३२५ कम्पनीको ७० हजार ८ सय कारोबारबाट १ करोड ७५ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । तीमध्ये १२३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १२४ कम्पनीको सेयर मूल्य घटेको छ,जुन बजारको द्विविध अवस्था झल्काउछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ