+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

शिक्षकका मागमा सरकार उदासीन, शिक्षा विधेयकमा गम्भीरता देखाउन प्रचण्डको जोड

जनवाच
११ घण्टा अगाडी

काठमाडौं, ९ असार – नेपाल शिक्षक महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विद्यालय शिक्षा विधेयकलाई गम्भीरतापूर्वक अघि बढाउन तयार हुनुपर्ने बताएका छन्।

खुमलटारस्थित निवासमा आइतबार बिहान महासंघका पदाधिकारीसँगको छलफलमा उनले शिक्षा क्षेत्रका सुधारात्मक प्रस्ताव र शिक्षकहरूसँग भएका सहमतिलाई कार्यान्वयन नगर्नु सरकारको गैरजिम्मेवारीपन भएको बताए।

महासंघले भेटका क्रममा विगतमा भएका सहमतिहरू कार्यान्वयन नभएको गुनासो राख्दै, शिक्षकहरूको अधिकार र सम्मानका सवालमा प्रतिपक्षको बलियो साथको अपेक्षा गरेको बतायो।

प्रचण्डले सरकारले शिक्षकका मागलाई ‘बहाना’ बनाउँदै संवैधानिक प्रक्रिया अवरुद्ध नगाओस् भन्ने उद्देश्यले सदनको अवरोध फुकुवा गरिएको स्पष्ट गरे। “शिक्षकका जायज माग कुनै सर्तबिना पूरा हुनुपर्छ,” उनले दोहोर्‍याए।

प्रचण्डले प्रारम्भिक बालविकास कक्षालाई औपचारिक विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकताबारे पनि जोड दिए। उनले गुणस्तरीय र समानतामूलक शिक्षा प्रणालीका लागि शिक्षा नीतिमा समावेशी दृष्टिकोण अनिवार्य रहेको धारणा राखे।

शिक्षक महासंघले आफ्नो भेटका क्रममा पेश गरेको प्रस्ताव र मागप्रति सकारात्मक दृष्टिकोण प्रकट गर्दै अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रलाई अब राजनीतिकभन्दा बढी सामाजिक र संरचनात्मक मुद्दाको रूपमा हेर्नुपर्ने समय आएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ