काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उनलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन्।
आचार्य विगत एक दशकभन्दा लामो समयदेखि महासंघसँग सक्रिय रूपमा संलग्न छन्। उनले उद्योग समिति सभापति, रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्यका रूपमा पनि महत्वपूर्ण भूमिका निभाइसकेका छन्। विभिन्न उत्पादनमूलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानहरूमा उनको उल्लेखनीय योगदान रहेको छ।
यसअघि कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका निरक केसीको १८ महिने कार्यकाल पूरा भएपछि उक्त पद रिक्त थियो। अब आचार्यले बाँकी कार्यकाल सम्हाल्दै महासंघको आर्थिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नेतृत्व प्रदान गर्नेछन्।