+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

नेपाली नागरिकता संकटमा: डा. चन्द्र भण्डारीको चेतावनी

नेपाली नागरिकताको रक्षा कसरी गर्ने? यो विषयमा नीति निर्माताहरूले अब गम्भीर छलफल गर्नुपर्ने देखिन्छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले पछिल्लो समय नेपाली नागरिकताको अस्तित्व संकटमा परेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले नेपालका नागरिकहरू अनागरिक बन्दै गएकाेप्रति चिन्ता व्यक्त गरेका छन्।

भण्डारीका अनुसार नेपालीहरू पैसा कमाउने लोभ, विदेश पलायनको होड, वा मानव तस्करको जालमा परेर नागरिकता गुमाउँदैछन्। उनले सरकारलाई नागरिक सुरक्षाका लागि गम्भीर कदम चाल्न आग्रह गर्दै भने, “सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन।”

उनले बलजफ्ती स्वदेश फिर्ता गर्ने व्यवहारको समेत विरोध गर्दै थपे, “नेपालीहरूलाई हातमा हतकडी र खुट्टामा नेल लगाएर जबरजस्ती डिपोर्ट गर्ने गतिविधि रोक्नु आवश्यक छ।”

हालैका वर्षहरूमा हजारौँ नेपालीहरूले रोजगारी, शिक्षालगायत विभिन्न कारणले देश छोडेका छन्। तर भण्डारीले यसलाई केवल व्यक्तिगत निर्णय मात्र नभई एउटा राष्ट्रिय संकटको रूपमा लिएका छन्। उनको भनाइले प्रवासमा रहेका नेपाली नागरिकको पहिचान, सुरक्षा तथा अधिकार संरक्षणबारे बहस चलाउने संकेत गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ