+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

दू्रतमार्गको सुरु विन्दु परिवर्तनको मागमा प्रधानमन्त्री ओली सकारात्मक : स्थलगत अवलोकनपछि निर्णय गर्ने

फास्ट ट्र्याकजस्तो रणनीतिक आयोजना अघि बढाउनु अपरिहार्य भए पनि स्थानीय संस्कृति, इतिहास र जीवनशैलीको सम्मान गर्दै वैकल्पिक समाधान खोजिनु सकारात्मक हो। प्रधानमन्त्रीको स्थलगत अवलोकनको प्रतिबद्धताले विवाद समाधानतर्फको ढोका खोल्न सक्ने छ। 

जनवाच
३ घण्टा अगाडी

काठमाडौं २६ जेठ – काठमाडौँ–तराई/मधेस दू्रतमार्ग (फास्ट ट्र्याक) को सुरु विन्दु निर्धारणलाई लिएर उठिरहेको विवाद समाधानतर्फ जाने संकेत देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोकना र बङ्गमती क्षेत्रका स्थानीय प्रतिनिधिसँग बालुवाटारमा आज छलफल गर्दै समस्या समाधानको बाटो खोजिने स्पष्ट संकेत दिनुभएको छ।

परम्परा र सभ्यतामाथि विकासको नाममा हस्तक्षेप नहोस् भन्ने स्थानीय मागलाई प्रधानमन्त्री ओलीले गम्भीरतापूर्वक लिँदै स्थलगत अध्ययनपछि मात्रै अन्तिम निर्णय लिने बताएका छन्।

छलफलमा सहभागी स्थानीय जनप्रतिनिधिहरूले फास्ट ट्र्याकको सुरु विन्दु खोकनामा राख्दा परम्परागत संस्कृति र ऐतिहासिक बस्ती जोखिममा पर्ने तर्क राख्दै त्यसको सट्टा झन्डै साढे पाँच किलोमिटर तल डुकुछापमा विन्दु सार्न माग गरेका थिए।

छलफलमा खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर अध्यक्ष ज्ञानेन्द्र शाक्य, जनसरोकार समितिका संयोजक नेपाल डङ्गोललगायतको उपस्थिति थियो।

प्रधानमन्त्री ओलीले छलफलमा स्पष्ट रुपमा भने, “विकास जनताको पीडा माथि होइन, जनतासँगै अघि बढ्ने मार्ग हो।” उहाँले स्थानीयको भावना बुझ्न आफैँ स्थलगत निरीक्षण गर्ने र त्यसपछि निर्णय लिने प्रतिवद्धता व्यक्त गरे।

कूल लम्बाइ ७०.९७ किलोमिटर र अनुमानित लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको यो राष्ट्रिय गौरवको आयोजना विसं २०७४ मा सुरु गरिएको हो। हालसम्म निर्माणमा केही प्रगति भए पनि सुरु विन्दुका कारण स्थानीय असन्तुष्टि समाधान हुन सकेको छैन।

यसअघि पनि प्रधानमन्त्री ओलीले सिंहदरबारमा अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, रक्षामन्त्री, सेना प्रमुख लगायतसँग आयोजनाको प्रगति र चुनौतीबारे उच्चस्तरीय छलफल गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ