+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

स्ववियु निर्वाचन : त्रिवि चुनावी माहोल तात्दै  कार्यतालिका सार्वजनिक

जनवाच
१ महिना अगाडी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी राजनीतिमा चर्चा गर्मिएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले चैत ५ गते मतदान हुने गरी तालिका सार्वजनिक गरेको हो।

निर्वाचन कार्यतालिका अनुसार, फागुन १९ गतेसम्म संघ, संगठन तथा समूहहरूको दर्ता गर्न सकिनेछ। त्यसपछि, फागुन २१ गते मतदाता सूची प्रकाशन गरिनेछ भने फागुन २५ गतेसम्म मतदाता सूचीमा परेका नामहरूबारे दाबी विरोध गर्न सकिनेछ। सोही दिन बेलुका ५ बजेसम्म अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ।

फागुन २६ गते उम्मेदवारी मनोनयन पत्र वितरण गरिनेछ, फागुन २७ गते मनोनयन दर्ता गरी उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। फागुन २८ गतेसम्म उम्मेदवारीमा दाबी विरोध गर्न सकिनेछ भने सोही दिन छानबिनपछि अन्तिम नामावली सार्वजनिक हुनेछ। फागुन २९ गते उम्मेदवारी फिर्ता लिन सकिनेछ र त्यसपछि अन्तिम उम्मेदवार सूची प्रकाशित हुनेछ।

त्रिविको स्ववियु निर्वाचन सधैं विद्यार्थी राजनीतिमा चासोको विषय रहँदै आएको छ। यो निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरू प्रतिस्पर्धामा उत्रिने भएकाले त्रिवि तथा देशभरका क्याम्पसहरूमा चहलपहल बढेको छ। आगामी दिनमा चुनावी प्रचार तीव्र हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ